× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Simrik Online

२४ आश्विन २०७७, आईतवार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् । प्रदेशसभा सांसद यामलाल कँडेलको अगुवाइमा भएको १८ जना सांसदको हस्ताक्षर प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाइएको छ ।

प्रमुखसचेतक शाहले मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर आँफूले बुझेको र छलफलपछि के गर्ने भन्ने विषयमा निर्णय लिइने बताएका छन्। हस्ताक्षर गर्नेमध्ये पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन्।