× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

विपद् व्यवस्थापन र न्यूनीकरणमा एकजुट हुनुपर्छ : प्रधानमन्त्री ओली

Simrik Online

२७ आश्विन २०७७, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै पारस्परिक सहयोग र परोपकारी भावनाको विकास गरी विपद् पर्दा सबैले एकजुट भई लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले विपद्‌मा सबैको साथ सहयोग चाहिने बताएका हुन्।

‘नीति निर्माणका क्षेत्रमा यस्ता कार्यक्रमका विषयमा प्रभावकारी भूमिका खेल्ने छु, प्रधानमन्त्री ओलीले भने, ‘अगामी दिनमा नेपालले प्रभावकारी कदम चाल्न सकोस्, विपद्‌मा मानवीय भावनाले सहकार्य गरी सबैले लाग्नुपर्छ, यसमा नेपाल सरकार प्रतिवद्ध छ।’

२०१५ देखि २०३० सम्म पुरा गर्ने लक्ष्य भएको दीगो विकासलाई विपद् जोखिम न्यूनीकरणको सन्दर्भमा महत्वपूर्ण भूमिका निभाएको भन्दै विपद् जोखिम न्युनिकरण २०३० सम्मका लागि कार्ययोजना बनाएर अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ छ। नेपाल सरकारले २०७५ मा विपद् जोखिम न्युनीकरण र समस्या समाधान गर्न राष्ट्रिय नीति तर्जुमा गरी राष्ट्रिय रणनीतिक कार्ययोजना बनाई काम गरिरहेको उनले जानकारी दिए।

केन्द्र सरकार लक्ष्य उद्देश्य अनुसारका कार्यक्रम तय गरेर अघि बढिरहेको भन्दै उनले देशव्यापी रुपमा कार्यान्वयन गर्न तीनै तहका सरकारले जानकारी गराई कार्यान्वयन गर्न आग्रह गरेका छन्। ‘हाम्रा सबै प्रयास जोखिम न्यूनीकरणका लागि हुन् सकेसम्म जोखिमा नै नआओस् तर, कतिपय कुरा मानिसको नियन्त्रणमा हुँदैनन्, ओलीले भने, ‘जोखिम न्यूनीकरणका लागि केही फराकिलो सोच र तत्परताका साथ उद्धार राहत र निर्माणमा लाग्छौं, लागिरहेका छौं।’

नेपाल सरकारका सबै संयन्त्रहरु विपद् जोखिम न्यूनीकरणका लागि लागिपरेको भन्दै सबैसँग सहकार्य सहयोगको अपेक्षा गरेको ओलीको भनाइ छ। विपद्ले सर्वसाधारणलाई जोखिममा पारेको दुःख दिएको र अर्थतन्त्रमा गम्भीर असर पारेको भन्दै ओलीले यसको समाधानका लागि सबै एकजुट भइ लाग्नुपर्ने बताएका छन्।