काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिहरूको नियुक्ति, जिम्मेवारी हेरफेर गरी मन्त्रिपरिषद् पुनर्गठन गरेको जनाएको छ।
नवनियुक्त मन्त्रीमा बिष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी तोकिएको छ भने रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालयमा रहने गरि उपप्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ। त्यस्तै यसअघि महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाजकल्याण मन्त्री रहेका पार्वत गुरुङलाई सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी तोकिएको छ।
मन्त्रिपरिषद् हेरफेरका विषयमा आज बिहान नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।