× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

सोलु कांग्रेसको संगठन सुदृढीकरण निरन्तर

Simrik Online

२३ कार्तिक २०७७, सोमबार

अभिषेक बास्तोला, सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुले संगठन सुदृढीकरण अभियानलाई पुनः निरन्तरता दिएको जनाएको छ। आइतबार थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमको लामुडाँडा आधारभुत विद्यालयमा वडा सभापति पदम ब. राईको सभापतित्व एवं नेपाली काँग्रेसका महासमिति सदस्य जयप्रसाद राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको नेेेेपाली  कांग्रेस थुलुङदुधकोशी गाउँँपालिका सभापति महेन्द्रदीप राईले बताएका छन् ।

कार्ययक्रममा बोल्दै प्रमुख अतिथि राईले वर्तमान स्थानीय सरकारका प्रतिनिधिहरुको व्यबहार र कार्यशैली अत्यन्तै अराजक र राणाकालीन शासकको जस्तो जनविरोधी रहेको र यसको जवाफ काँग्रेसले जिम्मेवारभइ राजनैतिक तवरले दिने, काँग्रेस सँधै संयमित भै अगाडि बढ्ने अन्त्यमा जित काँग्रेसकै हुने बताएका छन् । त्यस्तैगरी कार्यक्रमका विशिस्ट अतिथि नेपाली काँग्रेस जिल्ला सहसचिव कुशराज राईले अहिले माथिदेखी तल्लो तहसम्म जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त रहेको, विभिन्न शिर्षकमा खुल्लेआम भ्रस्टाचार भएकोबारे जनतालाई सु-सुचित गराउनुपर्ने तथा यसैगरी जानाजान जनताको भविस्य र जनताको अधिकार विरुद्ध खेलवाड गरिरहे काँग्रेसले जनताको साथ लिएर कडा कदम चाल्न तयार हुनुपर्ने बताएका छन् ।

कार्यक्रममा कांग्रेस सोलुका पुर्व जिल्लासदस्य भक्त ब. गुरुङ, जिल्ला सदस्य एवं प्रवक्ता सन्तोष कट्टेल, पुर्व तरुण दल अध्यक्ष एवं युवानेता जीवन गुरुङ, तरुण दल जिल्ला सचिव शेखर बस्नेत, नेपाल लेखक संघ सोलुखुम्बुका अध्यक्ष सुवाससङगम राई, ने.का.गा.पा.सदस्य खेम ब. गुरुङ, ने.वि.संघ जिल्ला उपाध्यक्ष जीवन बस्नेत लगायत सयौंको उपस्थिति रहेको थियो।

यसैबीच फुरापासाङ तामाङको अध्यक्षतामा २६ सदस्यीय नेपाली काँग्रेस वुथस्तरिय टोलसमिती गठन गरिएको छ, समितिको उपसभापतिमा दाडेन्डी शेर्पा, सचिवमा लाक्पा तामाङ, सहसचिवमा रामकाजी तामाङ, कोषाध्यक्षमा छम्जी शेर्पा रहेका छन् ।