× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अर्थ/बजार

कुमारीका ग्राहकलाई सांग्रिलामा १५ प्रतिशतसम्म छुट

Simrik Online

१६ मंसिर २०७७, बुधबार

काठमाडौं । कुमारी बैंक र काठमाडौंको लाजिम्पाटस्थित होटेल सांग्रिलाबीच ग्राहकलाई विशेष छुट दिने बारे सम्झौता भएको छ। सो सम्बन्धी सम्झौता-पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा होटल सांग्रिलाका तर्फबाट सेल्स तथा मार्केटिङ निर्देशक सांगे तेञ्जिङ्ग लामाले हस्ताक्षर गरेका छन्।

बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिकरूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो। कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत होटेल सांग्रिलाका विभिन्न सेवाहरुमा बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था पनि गरेको हो।

कुमारी बैंकका ग्राहकले सांग्रिला होटेल अन्तर्गतका विभिन्न रेष्टुरेन्ट तथा आउटलेटहरुमा खानपिनमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ। यस्तै आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।