आयुसा बास्तोला, सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा जमरकट्टेल सेवा प्रतिष्ठान नेपालकाे अगुवाइमा निर्माण हुन लागेको शिव मन्दिरको निर्माण सहयाेगार्थ समाजसेवी गायत्रीप्रसाद जमरकट्टेलले अमेरिकाको क्यालिफोर्नियाबाट ४३७.६० अमेरिकी डलर अर्थात् रू. ५० हजार नगद सहयाेग गर्नुभएकाे छ ।
क्यालिफोर्निया Redlands California मा व्यवसाय का सिलसिलामा विगत १० वर्ष देखि रहनुभएका साविक नेचाबेतघारी ४ पहेँले हुँदै इटहरा, माेरङ्ग निवासी जयप्रसाद जमरकट्टेलका नाति, माेतिप्रसाद जमरकट्टेलका छाेरा गायत्रीप्रसाद जमरकट्टेलको सहयोगको जमरकट्टेल सेवा प्रतिष्ठानले – “शिव मन्दिरको निर्माण, विकास, संरक्षण र प्रवर्द्धनका लागि उहाँले देखाउनु भएकाे चासाे र लगानी प्रति हामी अाभारी छाैं, उहाँले चालेका हरेक कार्यमा सफलता मिलाेस् भगवान शिव सदा दाहिना हुन्, कुल देवताले सदा सर्वदा कल्याण गरून् ।” भनेर प्रंशसा सहित हार्दिक बधाई तथा शुभकामना दिएको छ ।
सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं. ३ माझगाउँमा निर्माण हुने शिव मन्दिरकाे अनुमानित लागत झन्डै ४० लाख रुपैयाँ रहेकाे र उक्त रकम भारद्वाज गाेत्रीय जमरकट्टेल बन्धुहरूबाटै जुटाइने जानकारी जमरकट्टेल सेवा प्रतिष्ठान नेपालका महासचिव देवेन्द्र जमरकट्टेलले दिएका छन् ।