× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न १८८ अधिवक्ताको वकालतनामा

Simrik Online

४ माघ २०७७, सोमबार

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि सुनुवाइ जारी छ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्ध १३ वटा रिट विचाराधीन छन् । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदककातर्फबाट बहस गर्न १८८ अधिवक्ताले वकालतनामा भरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन् ।

आइतबार अधिवक्ता भीमार्जुन आचार्य र सुनीलकुमार पोख्रेलले बहस गरेका थिए भने आज दोस्रो दिन अहिले दीनमणि पोख्रेलले बहस गरिरहेका छन् । गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेका सोही दिन राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटनको प्रस्ताव स्वीकृत भएको थियो ।