काठमाडौं । वरिष्ठ हास्यकलाकार मनोज गजुरेलले आफ्नो दाजुको शंकाष्पद मृत्यूपछि न्यायका लागि लडिरहेकी उर्लाबारीकी चेली सदीक्षा बास्तोलाको प्रशंसा गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन सम्वन्धित निकायसँग आग्रह पनि गरेका छन् ।
उर्लाबारीका युवा प्रविण बास्तोला दुई महिना अगाडि मृत अवस्थामा भेटिएका थिए । अमेरिकामा विमान चालकको तालिम गरिरहेकी सदीक्षा दाजु प्रवीणको निधनपछि नेपाल आएकी थिइन् । त्यसयता उनले न्यायका लागि प्रहरी-प्रशासनको ढोका निरन्तर ढक्ढकाइरहेकी छन् ।
गजुरेलले फेसबुकमा स्टाटस लेखेर घटनाको सत्यतथ्य बाहिर ल्याउन उर्लाबारीका जनता, जनप्रतिनिधि र जिल्ला प्रशासनसँग आग्रह गरेका छन् ।