× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

एमालेको विवाद मिलाउने ओली-नेपालको कार्यदलमा १० जना

Simrik Online

१ जेष्ठ २०७८, आईतवार

काठमाडौं । नेकपा एमालेभित्रका विवाद मिलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठनेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ । आज सिंहदरबारमा भएको दुईजनाको छलफलले १० सदस्यीय कार्यदल बनाउने निर्णय गरेको नेता नेपालले जानकारी दिए ।

कार्यदलमा नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । त्यस्तै ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।

यो कार्यदलले तीन दिनभित्र पार्टीमा देखिएका विवाद समाधान गर्ने नेता नेपालले बताए । समय थप गर्नुपर्ने देखिए थप गर्न सकिने उनले जानकारी दिए । साथै आज ओलीसँग भएको भेटवार्तामा २०७५ जेठ २ कै संरचना अनुसार पार्टी अगाडि बढाउनेबारे छलफल भएको नेता नेपालले पत्रकारहरूलाई बताएका छन् ।