× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

सीता जयन्तीले लैङ्गिक, सामाजिक, सांस्कृतिक विभेद अन्त्य गर्ने प्रेरणा प्रदान गरोस् – राष्ट्रपति

Simrik Online

५ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सीताजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन् । राष्ट्रपतिले बिहीबार दिएको सन्देशमा यस दिवसले लैङ्गिकलगायत सबै प्रकारका सामाजिक-सांस्कृतिक विभेद अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृति समाजको निर्माणका लाािग हामी सबैलाई निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरेकी हुन् ।

धैर्य, संयम र विवेककी प्रतिमूर्ति एवं आदर्श नारीका रुपमा सदा चित्रण गरिनुभएका जनकनन्दिनी तथा जगज्जननीका रुपमा पूजार्चना गरिने मातृशक्ति सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै राष्ट्रपतिले राष्ट्रिय विभूति माता सीताको जन्म पौराणिक तथा धार्मिक विश्वासको धरोहरका रुपमा रहेको जनाएकी छन् । रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन् । उहाँले बिहीबार दिनुभएको सन्देशमा यस दिवसले लैङ्गिकलगायत सबै प्रकारका सामाजिक-सांस्कृतिक विभेद अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृति समाजको निर्माणका लाािग हामी सबैलाई निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरेकी हुन् ।

धैर्य, संयम र विवेककी प्रतिमूर्ति एवं आदर्श नारीका रुपमा सदा चित्रण गरिनुभएका जनकनन्दिनी तथा जगज्जननीका रुपमा पूजार्चना गरिने मातृशक्ति सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै राष्ट्रपतिले राष्ट्रिय विभूति माता सीताको जन्म पौराणिक तथा धार्मिक विश्वासको धरोहरका रुपमा रहेको जनाएकी छन् ।