× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

निषेधाज्ञा जेठ २० गतेसम्म थपियो, खाद्यान्न र निर्माण सामग्री ढुवानीमा रोक

Simrik Online

१० जेष्ठ २०७८, मंगलवार

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । आज जेठ ११ गते मंगलबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सरकारले जारी गरेको कोभिड संकट अध्यादेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ । खाद्यान्न र निर्माण सामाग्री ढुवानीलाई स्थगित गर्ने, सार्वजनिक तथा निजी निर्माण पनि रोक्ने निर्णय भएको छ । बैंक तथा वित्तिय संस्थाको हकमा वाणिज्य बैंक र विकास बैंकका शाखालाई सीमित रुपमा खुल्न दिने निर्णय भएको छ । उपत्यकाका तीन जिल्ला प्रशासनले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म रहने निर्णय गरेका छन् । यस सम्बन्धि सूचना जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेका छन्।