Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
१० महिना बितिसक्दा पनि विकासका लागि छुट्याएको रकमको ६३ प्रतिशत बाँकी

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

१० महिना बितिसक्दा पनि विकासका लागि छुट्याएको रकमको ६३ प्रतिशत बाँकी

Simrik Online

११ जेष्ठ २०७८, बुधबार

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना बितिसक्दा ५८ प्रतिशत मात्रै बजेट खर्च भएको छ । कोभिड-१९ को दोस्रो लहर सुरु भएदेखि नै केन्द्र सरकारको खर्चमा सुस्तता आएको हो ।

महालेखा कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष सकिन करिब डेढ महिना मात्र बाँकी हुँदा सरकारले सबै शीर्षकमा गरेको कुल खर्च ६० प्रतिशतभन्दा कम देखिएको छ ।

चालु वर्षमा सरकारले कुल १४ खर्ब ७४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य बनाएको छ । तर हालसम्म सरकारले आठ खर्ब ५५ अर्ब ८१ करोड मात्रै खर्च गरेको छ । यसमध्ये पुँजीगत शीर्षकमा ३७.३१ प्रतिशत खर्च भएको छ । यस्तै चालु शीर्षकमा ६ खर्ब ५४ अर्ब २५ करोड खर्च गरेको छ । यो कुल खर्च लक्ष्यको ६८ प्रतिशत खर्च हो ।

यसैगरी, वित्तीय शीर्षकमा ६९ अर्ब ८९ करोड खर्च गरेको सरकारले हालसम्म आठ खर्ब २० अर्ब ४२ करोड प्राप्ति गरेको छ ।

राजस्व शीर्षकमा सात खर्ब २२ अर्ब ३८ करोड संकलन गरेको छ भने गैरकर शीर्षकमा ५१ अर्ब ५४ करोड र अनुदान १० अर्ब मात्रै संकलन गरेको छ । चालु वर्षमा सरकारले सबै स्रोतबाट कुल १० खर्ब ७२ अर्ब रुपैयाँ प्राप्ति गर्ने लक्ष्य छ ।