Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक

Simrik Online

१४ जेष्ठ २०७८, शनिबार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।

चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रूपैयाँ रहेको अर्थमन्त्री पौडेलले बताए ।

सरकारले बजेट स्रोतको रूपमा आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने लक्ष्य राखेको छ । यस्तै, ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ। तीन खर्ब नौ अर्ब रूपैयाँ वैदेशिक ऋण र दुई खर्ब ५० अर्ब रूपैयाँ आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गर्ने लक्ष्य राखेको छ ।

यसपालि सबभन्दा धेरै शिक्षा क्षेत्रमा बजेट विनियोजन गरिएको छ । सरकारले शिक्षामा १ खर्ब ८० अर्ब रुपैयाँ बजेट छुट्याएको छ। त्यस्तैगरी स्वास्थ्यमा १ खर्ब २२ अर्ब बजेट बिनियोजन गरिएको छ ।