काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान भएको छ । बैठक आज (शुक्रबार) दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा बस्नेछ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठकमा सापकोटाले समसामयिक विषयमा छलफल गर्ने बताईएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाईए पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले यस विषयमा आफुहरुलाई कुनै जानकारी नभएको बताएका छन् । उनले आजको बैठकमा प्रधानमन्त्री ओलीको उपस्थिति नरहने जस्तो संकेत गराएका छन् । यधपी, सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै गत बुधबार नै चिठी लेखेका थिए ।
प्रम ओलीलाई बैठकमा सहभागी हुन सभामुखद्वारा लेखिएको चिठी:
त्यस्तै आजको बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई पनि बोलाइएको छ । सभामुख सापकोटाले यसअघि पनि पूर्वसभामुखहरु, कानुन व्यवसायीसँग छुट्टाछुट्टै परामर्श गरिसकेका छन् ।