पोखरा । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य मा.कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीको दावी पेश गरेका छन् ।
कांग्रेसका प्रदेश सांसद बिन्दुकुमार थापाले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेर दावी पेश गरेको बताए । ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएको उनले बताए । ‘३१ जना नै स-शरीर उपस्थित भएर दावी पेश गरेका छौं । हस्ताक्षर पनि सनाखत भएको छ,’ थापाले भने ।