अर्को कार्यकाल २०२२ जनावरीबाट
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुर्टेरस् पुनः मनोनयन भएका छन् । शुक्रबार गुर्टेरस् ५ वर्षको लागि दोस्रो पटक पनि निर्वाचित भएका हुन् ।
राष्ट्रसंघको प्रमुख अधिकारीको उक्त पद पाँच वर्ष हुन्छ भने अर्को कार्यकाल पनि चुनिने गरेका छन् । सुरक्षा परिषदको सिफारिसमा महासभाद्वारा ५ वर्षको लागि गरिन्छ । शुक्रबारको महासभाले सुरक्षा परिषदको सिफारिसलाई स्वीकृत गरेर उनलाई दोस्रोपटकको लागि महासचिव चयन गरको हो ।
राष्ट्रसंघ अधिकारपत्रको अनुसार, महासचिवले आफ्नै रोहवारमा आफ्नो सहयोगी दक्ष, योग्य र सत्यपरायण कर्मचारीको अन्तर्राष्ट्रिय समूह बनाउँन सक्छन् । पोर्चुगलका गुर्टेरसले १ जनवरी २०१७ देखि सम्हाल्दै आएका छन् । उनको कार्यकाल ३१ डिसेम्बर २०२२मा सकिदै थियो । त्यस अगावै उनी दोस्रो कार्यकालको लागि चयन भएका छन् । उनको दोस्रो कार्यकाल भने आगामी जनावरी १ बाट सुरु हुनेछ । दोस्रो कार्याकालका लागि मनोनयन भएपछि गुर्टेरसले ट्विट लेख्दै सबैलाई धन्यवाद दिएका छन् ।
यसअघिका महासचिव बानकी मुन पनि दुई कार्यकाल उक्त पदमा थिए भने उनी अघिका कोफि अन्नान पनि दुई कार्यकाल नै उक्त पदमा रहे । त्यसअघिका बुत्रोसबुत्रोस घालीले भने दोस्रो कार्यकाल महासचिव रहन पाएनन् । त्यसअघिका ज्याभियर पेरिज डी कुईलरले पनि दुई कार्यकाल नै नेतृत्व गरेका थिए । महासंघलाई प्राय दुई कार्यकाल नै नेतृत्व गरिरहेका छन् ।
I am deeply honoured and grateful for the trust placed in me to serve as the Secretary-General of the United Nations for a second term.
Serving the @UN is an immense privilege and a most noble duty. – António Guterres (@antonioguterres) June 18, 2021