× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

महाकुलुङको आन्दोलनलाई कांग्रेसको साथ

Simrik Online

४ श्रावण २०७८, मंगलवार

मनेश निरौला, सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले महाकुलुङ गाउँपालिकाको प्रशासकीय केन्द्र निर्धारण सम्बन्धि भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।

कांग्रेसका जिल्ला सभापति विनोदकुमार बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै महाकुलुङमा भइरहेको नागरिकको आन्दोलनमा पार्टीको ऐक्यबद्धता रहेको जनाएका छन्।

विज्ञप्तिको पुर्णपाठ यस्तो छ :

प्रेस विज्ञप्ति :
२०७८/४/५

महाकुलुङ गाँउपालिकाको प्रशासकीय केन्द्र निर्धारण सम्बन्धमा हाल महाकुलुङमा भइरहेको आन्दोलनका सन्दर्भमा नेपाली कांग्रेस सोलुखुम्बुको गम्भिर ध्यानाकर्षण भएको छ । गाँउपालिकाको स्थापना कालदेखिनै आम जनताका बीचमा वहस र चासोको विषय बनिरहेको केन्द्र निर्धारण हालका निर्वाचित जनप्रतिनिधिहरुले सबै सरोकारवालाहरुको बृहत छलफल र आम सहमतिमा टुङगो लगाउनु पर्दछ भन्ने हाम्रो मान्यता हो । तर आज त्यहाँका जनता आन्दोलनमा उत्रनु पर्ने परिस्थिति निर्वाचित जनप्रतिनिधिहरुले नै श्रृजना गर्नु गलत कार्य हो भन्ने हाम्रो पार्टीको ठहर छ ।

महाकुलुङबासी जनताबाट हाल भइरहेको शान्तिपूर्ण आन्दोलनलाई अनावश्यक हस्तक्षेप र दमन गरेर भड्काउने कार्य प्रशासनबाट नहोस भन्ने ध्यानाकर्षण समेत गराउँदछौं । साथै आन्दोलनरत साथीहरुलाई आफ्नो आन्दोलन र जनताका मागलाई शान्तिपुर्ण, मर्यादित एवं व्यवस्थित गर्दै अगाडि बढन पनि अनुरोध गर्दछौं । त्यस्तैगरी गाउँपालिकाका जनप्रतिनिधि साथीहरुलाई हालको निर्णयलाई तुरुन्तै फिर्ता लिएर महाकुलुङवासी आम सरोकारहरुवाला नागरिकहरुसँग थप सम्वाद एवं छलफलबाट समस्याको निराकरण गर्न पनि आग्रह गर्दछौं । धन्यवाद, जयनेपाल !    – विनोदकुमार बस्नेत, सभापति