काठमाडौं । गीतकार सत्यकला बम्जन लामाको शब्दको ‘भुलेर नी कहिल्यै माया नलाउनु’ गीत सार्वजनिक भएको छ। ‘भुलेर नी कहिल्यै माया नलाउनु’मा गायिका सुरक्षा शेन्चुरीले सुमधुर स्वर दिएकी छन् ।
सन्तोष राज बहाकले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा कलाकार विकास लामिछाने र गीतकार सत्यकला बम्जन लामालाई मुख्य भुमिकामा देख्न सकिन्छ। बादल थापाको संगीत रहेको यस गीतको छायाँकन ज्ञानेन्द्र शर्मा र सम्पादन डिनसन शाहले गरेका गरेका हुन्। प्रेम कहानीमा आधारित म्यूजिक भिडियोमा प्रेमीकाले आफ्नो प्रेमीलाई खुबै माया गर्छिन् तर, उनकी प्रेमी भने अरु नै केटीसँग रमाउँदै हिडेको दृष्य देख्न सकिन्छ ।
एक अर्कालाई विश्वासका साथ गरिने प्रेम मात्र साँचो प्रेम हुन सक्ने सन्देश म्यूजिक भिडियोमा दिन खोजिएको छ । अन्य गीतहरु जस्तै ‘भुलेर नी माया नलाउनु’मा पनि दर्शक स्रोताको अपार माया पाउँने गीतकार सत्यकला बम्जन लामा बताउँछिन् ।
‘भुलेर नी माया नलाउनु’को मेल भर्सन यसअघि नै सार्वजनिक भैसेककेको छ ।
एएमएस इन्टरटेन्टमेन्ट युट्यूब च्यानलमार्फत विहिबार दिउँसो फिमेल भर्सन सार्वजनिक गरिएको हो ।
https://youtu.be/wkldw1EpExU