× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

एनआरएनए युरोप संयोजकमा शुक्रराजको उम्मेदवारी

Simrik Online

७ श्रावण २०७८, शुक्रबार

डब्लिन – आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आइसीसी तर्फ युरोप संयोजकमा वर्तमान उपसंयोजक शुक्रराज न्यौपानेले उम्मेदवारी दिने भएका छन् । गणतन्त्र आयरल्याण्डको डब्लिनमा बसोवास गर्दै आएका न्यौपाने हाल युरोपको उपसंयोजक (डीआरसी) हुन् । युरोपमा न्यौपाने एक सफल युवा व्यवसायीको रुपमा समेत चिनिन्छन् । नेपाल छँदादेखि नै पर्यटन व्यवसायमा संलग्न रहेका न्यौपाने सन् २००९ देखि २०११ सम्म एनआरएनए आयरल्याण्डका अध्यक्ष थिए ।

धेरै कमाएर वा प्रसस्त भएर भन्दा पनि आफूसित जे जति छ त्यसको उचित व्यवस्थापन गर्दै समाजसेवामा आफू लागिपरेको न्यौपाने बताउँछन् ।

गैरआवासीय नेपाली संघ आयरल्याण्ड, संघका पूर्व अध्यक्षहरु, आयरल्याण्डका सबै संघसंस्था र तिनका प्रतिनिधिहरुको बैठक बसी आफूलाई एनआरएनएको युरोप क्षेत्रको नेतृत्व गर्न भनेको आधारमा आफूले उम्मेदवारी दिने तयारी गरेको उनले बताए । उनले भने, “गएको निर्वाचनमा एनआरएन युरोपका सदस्यहरुले मलाई दिएको अपार सहयोग र समर्थन आगामी चुनावमा पनि निरन्तर रहने मेरो विस्वास छ ।”

“नेपालीका लागि नेपाली” भन्ने एनआरएनएको मूलमन्त्र वर्तमान नेतृत्वपङ्क्तिको कमजोरीका कारण सेलाउँदै गएको अवस्थामा युरोप क्षेत्रमा यस नारालाई पुनर्ताजगी गराउने र यसलाई नेपालसम्म पुर्याएर परिणाममुलक बनाउने आफ्नो योजना रहेको न्यौपानेले बताएका छन् ।