× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा, यस्तो छ कार्यतालिका

Simrik Online

३० श्रावण २०७८, आईतवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आगामी ११-१३ पुसमा हुने भएको छ। शनिबार काठमाडौंको बत्तीसपुतलीमा बसेको केन्द्रीय कमिटी बैठकमा स्थानीय र प्रदेशस्तरका अधिवेशन सकेपछि ११ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव राखेका छन्। केन्द्रीय कमिटीको बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष दाहालले आगामी ११-१३ पुससम्ममा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरेका छन्। प्रस्तावमा भदौ मसान्तभित्र देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ।

असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलन गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकैदिन सम्मेलन सम्पन्न गर्ने दाहालको प्रस्ताव छ। त्यस्तै, ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ।

यस्तै, १५ मंसिरमा प्रदेशको सम्मेलन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर ११ पुसमा राष्ट्रिय सम्मेलन गर्ने दाहालले प्रस्ताव गरेका छन्।

यस्तो छ सम्मेलनको कार्यकालिका :

१० असोजमा देशैभर एकै दिन सेल र टोल भेला
२० असोजमा वडा सम्मेलन
३० असोजमा गाउँपालिका र नगरपालिका सम्मेलन
३० कात्तिकमा जिल्ला सम्मेलन
१५ मंसिरमा प्रदेश सम्मेलन
११-१३ पुसमा राष्ट्रिय सम्मेलन