काठमाडौं । नेपाली कांग्रेस १४ ओैं महाधिवेशनको तयारीमा जुटेको छ। मंसिर ९ देखि १३ गतेका तय भएको १४औं महाधिवेशनका लागि कांग्रेसले राष्ट्रिय सभा गृहको हल र भृकुटीमण्डप मंगलबार बिहान बुकिङ गरेको हो।महाधिवेशनका लागि भृकुटीमण्डप र मतदानका लागि राष्ट्रियसभा गृहलाई प्रयोग गरिने बताइएको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर ७ देखि १४ गतेसम्म ८ दिनका लागि भृकुटीमण्डप बुकिङ गरिएको छ।