Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
४ खर्ब १८ अर्ब बेरुजु

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

४ खर्ब १८ अर्ब बेरुजु

Simrik Online

३ भाद्र २०७८, शुक्रबार

काठमाडौं । सरकारले कारबाही गरेर टुङ्गो लगाउनुपर्ने रकम रु.६ खर्ब ७६ अर्ब ४१ करोड बराबर रहेको छ। महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म बेरुजु रकम रु.४ खर्ब १८ अर्ब ८५ करोड बराबर रहेको छ। सरकारले आवश्यक कारबाही गरेर उठाउनुपर्ने रकमको हिस्सा भने झन्डै रु.७ खर्ब बराबरको रहेको छ। आ.व. २०७५/७६ मा रु ४ खर्ब १८ अर्ब ३२ करोड रहेको बेरुजु आ.व. २०७६/७७ मा थप रु.५३ करोडले बढेको हो। लेखापरीक्षणबाट रु.६ अर्ब १७ करोड बराबरको असुल भएको छ।

सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थाको समेत रु.५३ खर्ब २७ अर्ब ९१ करोड बराबरको लेखापरीक्षण गरिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। सोमध्ये ३ हजार ७९ सरकारी निकाय र १ हजार १९ कार्यालयको रु १५ खर्ब ५५ अर्ब ८१ करोड बराबरको लेखापरीक्षणबाट रु.४४ अर्ब ३९ करोड, प्रदेश निकाय र कार्यालय गरी कूल १ हजार १९ को रु.२ खर्ब ३७ अर्ब ४१ करोडको लेखापरीक्षणबाट रु.६ अर्ब ५० करोड बेरुजु देखिएको छ।

महालेखाले स्थानीय तहको रु.८ खर्ब १५ अर्ब ९९ करोडको लेखापरीक्षणबाट रु.४० अर्ब ८३ करोड बराबरको बेरुजु देखिएको उल्लेख गरेको छ। कूल ८१ सार्वजनिक संस्थातर्फ रु.२५ खर्ब ५५ अर्ब १३ करोडको लेखापरीक्षण गरिएको छ। लेखापरीक्षणका क्रममा वित्तीय प्रशासन, आर्थिक अनुशासन, कोरोना महामारीमा सार्वजनिक खर्च कटौती र उपयोग, मितव्ययिता एवं कार्यदक्षता प्रवर्दन, भ्रष्टाचार न्यूनीकरण, विकास निर्माण र खरिद प्रक्रियामा मितव्ययिता र पारदर्शिता, सेवा प्रवाहमा समस्या रहेको ठहर गरेको छ।