Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
यी १६ विषय बुझेर मात्रै हाइड्रोको शेयरमा लगानी गर्नुस्

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

यी १६ विषय बुझेर मात्रै हाइड्रोको शेयरमा लगानी गर्नुस्

Simrik Online

४ भाद्र २०७८, शनिबार

काठमाडौं । हाइड्रोपावरहरुको नियामक निकाय विद्युत नियमन आयोगले विगत केहि दिनदेखि विभिन्न सञ्चार माध्यममा केहि विद्युत कम्पनीका प्रवर्द्धकले सेयर मूल्यमा अस्वभाविक बृद्धि गराउने कार्यमा संलग्न भएका कारण हाइड्रोवावर कम्पनीहरुको सेयर मूल्य बढेको भनि आएका समाचारहरु प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले सूचना जारी गरेरै सूचीकृत कम्पनीले जानकारी तथा विवरणहरु सार्वजनिक गर्दा सत्य-तथ्य जानकारी गराउनु पर्ने र कम्पनीमा लगानी गर्दा लगानीकर्ताहरुले पनि अध्ययन गरेर लगानी गर्नुपर्ने सुझाव दिएको हो।

हरेक किसिमका लगानीमा भिन्न-भिन्नै जोखिमहरु हुनसक्ने भन्दै आयोगले लगानीकर्ताहरुलाई लगानी गर्दा हुने संभावित नाफाको मूल्याकंन गर्दा त्यससंगै आउने संभावित जोखिमको समेत आकलन गरी लगानी गर्ने लगानीकर्ताको नै जिम्मेवारी भएको भन्दै संयमित भएर लगानी गर्न आग्रह गरेको छ। आयोगले लगानीकर्ताहरुलाई पनि लगानी गर्दा सत्य तथ्य बुझेर , कम्पनीको बारेमा अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको छ।

आयोगले विभिन्न १६ वटा विषयको अध्ययन गरेर मात्र लगानी गर्न आग्रह गरेको छ। आयोगले लगानीकर्ताहरुलाई हाइड्रोपावर कम्पनीहरुमा लगानी गर्नु पूर्व निम्न कुराहरुमा ध्यान दिन अनुरोध गरेको छः

१.कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा कम भए/नभएको
२. सेयर बजार मूल्य र प्रतिसेयर आम्दानीको अनुपात कम भए/नभएको
३. चालु सम्पती र चालु दायित्वको अनुपात धेरै भए/नभएको
४. तरलता अनुपात धेरै भए/नभएको
५. निर्माणाधीन आयोजनाको हकमा कार्यप्रगती धेरै भए/नभएको
६. निर्माणाधीन आयोजनको बिद्युत प्रवाह गर्ने नेपाल बिद्युत प्राधिकरणको प्रसारण लाईनको कार्य प्रगति हेर्दा सो प्रसारण लाईन आयोजना भन्दा ढिला सम्पन्न हुने/नहुने देखिएको
७. आयोजनको कार्यप्रगती हिसावले ब्यापारिक उत्पादन गर्नुपर्ने मितिसम्म आयोजनको निर्माण हुन सक्ने/नसक्ने
८. आयोजनले बैंक तथा वित्तिय संस्थाको ऋणको किस्ता वा ब्याज समयमा तिरिरहेको/नरहेको
९. आयोजनको सञ्चित मुनाफा अधिक रहेको/नरहेको
१०. विगतमा कम्पनीले उचित मुनाफा वितरण गर्ने गरेको/नगरेको
११. कम्पनीको व्यवस्थापनसंग बिद्युत उत्पादनको अनुभव भए/नभएको
१२. आयोजनाले पुर्णक्षमतामा विद्युत उत्पादन गरिरहेको/नगरिरहेको
१३. कम्पनीको लेखापरिक्षण प्रतिवेदनमा लेखापरिक्षकको नोटमा लेखिएका बुँदाहरु
१४. आयोजनाको प्रति-मेगावाट लागत अन्य कम्पनीका आयोजनसंग तुुलनीय रहेको/नरहेको
१५. ऋण तथा स्वःपुँजीको अनुपात
१६. कम्पनीले लिएको ऋणको ब्याजदर उच्च रहेको/नरहेको