सोलुखुम्बु । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको बैठक शुक्रबार बस्नेभएको छ। पार्टीको आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा हुने वडा, पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला अधिवेशनका विषयमा छलफल गर्न सो बैठक बोलाईएको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले जानकारी दिएका छन्।
शुक्रबार १२: ३० बजे सदरमुकाम सल्लेरीस्थित पार्टी कार्यालयमा हुने बैठकमा जिल्ला कार्य समितिका पदाधिकारी, सदस्यहरु, पूर्व पार्टी सभापति, प्रतिनिधिसभा तथा प्रदेश सभाका सदस्यहरु, जिल्ला कार्य समितिका पदेन तथा आमन्त्रित सदस्य र भात्री तथा शुभेच्छुक संस्थाका अध्यक्षहरुको सहभागिता रहने सभापति बस्नेतको भनाई छ।