× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

सोलु कांग्रेसको वडाअधिवेशन भदौ २२मा, ५२ वडामा यी छन् मतदान अधिकृत

Simrik Online

१८ भाद्र २०७८, शनिबार

सोलुखुम्बु । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा हुने जिल्ला अधिवेशनका लागि जुटेको सोलुखुम्बु कांग्रेसले आगामी मंगलबार वडाअधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन प्रतिनिधि कैलाश गुरुङको उपस्तिथिमा शुक्रबार सम्पन्न बैठकले मंगलबार अर्थात् २२ भदौमा वडाअधिबेशन सम्पन्न गर्ने निर्णय गरेको महासमिति सदस्य शम्भुहरि बास्तोलाले जानकारी दिए। सो बैठकले वडाअधिबेशनका लागि जिल्लाका ८ वटा स्थानीय तहका ५२ वटै वडामा निर्बाचन अधिकृत खटाउने निर्णय गर्दै उनीहरूको चयन समेत गरेको उनले बताए। निर्धारित कार्यतालिका अनुसार भदौ १८ गते सम्पन्न गर्नुपर्ने भएपनि आन्तरिक तयारी नपुगेको भन्दै सोलु कांग्रेसले वडाअधिबेशनको मिति पर सारेको हो।

भदौ २७ गते गाउँ नगर, असोज १ गते प्रदेशसभा क्षेत्र, असोज ५ गते संघीय निर्बाचन क्षेत्र र १० गते जिल्ला अधिबेशन सम्पन्न गर्नुपर्ने कांग्रेस महाधिवेशनको कार्यतालिका छ। सोलुखुम्बु जिल्ला एक मात्र संघीय निर्वाचन क्षेत्र भएको जिल्ला भएकोले असोज ५ गते नै जिल्ला अधिवेशन हुनेछ।

कुन स्थानीय तहका कुन वडामा को छन् निर्वाचन अधिकृत ?

नेचासल्यान गाउँपालिका

१) अमृत प्रधान २) प्रकाश गौतम ३) इन्द्र पौडेल ४) सुमन बास्तोला ५) खगिन्द्रराज बास्तोला

सोलुदुधकुण्ड नगरपालिका

१) नानीमैंया आचार्य बास्तोला २) अनिश डांगी ३) यसोदा बास्तोला ४) यमकुमार वि.क. ५) युवराज खतिवडा ६) विनोद श्रेष्ठ ७) देउकुमार थापा ८)बिमलकुमार राउत ९) चुडाकुमारी केसी १०) भरत श्रेष्ठ ११) रामबहादुर मगर

सोताङ गाउँपालिका

१) ॠत बहादुर बस्नेत २) भलबहादुर बस्नेत ३) भलाकाजी भुजेल ४) सुरेश बस्नेत ५) काशिनाथ गौतम

थुलुङदुधकोशी गाउँपालिका

१) शम्भुबहादुर बस्नेत २) डण्डीकुमार खतिवडा ३) कुलकुमार बस्नेत ४) प्रेमबहादुर बस्नेत ५) कुमार बस्नेत ६) पदमबहादुर राई ७) देवानसिं राई ८) टहल नारायण यादव ९) हिराकुमार बस्नेत

लिखुपिके गाउँपालिका

१) मिथुन बस्नेत २) दिपेन्द्र कार्की
३) विशाल बस्नेत ४) सोमप्रसाद घिमिरे ५) लाक्पा शेर्पा

महाकुलुङ गाउँपालिका
१) उत्तर कुमार राई २) पर्खीधन राई ३) कुबीरबहादुर राई ४) जमिनराज कुलुङ ५) दिपेन्द्र राई

खुम्बुपासाङल्हामू गाउँपालिका
१) मेघनाथ पौडेल २) भलाकाजी मगर ३) गणेश कुमार खरेल ४) सुरेश साउद ५) भीमकुमार राई

माप्यदुधकोशी गाउँपालिका

१) मदन विक २) होम बहादुर मगर
६) डम्बरबहादुर बहादुर मगर ७) सुन्तली मगर