काठमाडौं । नेपाली कांग्रेसको पालिका तहको अधिवेशन कार्यतालिका प्रभावित भएको छ । क्रियाशील सदस्यता विवादका कारण भदौ २७ को लागि तय भएको स्थानीय तहको अधिवेशन सरेको हो । क्रियाशील विवादका कारण २१ जिल्लामा वडातहकै अधिवेशन सम्पन्न हुन सकेको छैन । वडा तहको अधिवेशन भदौ १८ देखि २३ सम्म सक्नुपर्ने तालिका थियो। आगामी असोज ५ गतेसम्म वडा तहको अधिवेशन सम्पन्न गर्ने नयाँ तालिका ल्याउन लागिएको हो।
त्यस्तै असोज ९ गते पालिका तहको अधिवेशन गर्ने गरी कार्यतालिका ल्याइएको छ। कांग्रेसको १४ औँ महाधिवेशन मंसिरका लागि तय भएको छ।