× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
राजनीति

एमालेको विधान महाधिवेशन शुरु, ६ हजार प्रतिनिधि सहभागी

Simrik Online

१४ आश्विन २०७८, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले आजदेखि विधान महाधिवेशन सुरू गर्दैछ। आज मध्यान्ह १२:१५ बजे ललितपुरको गोदावरीस्थित सनसाइज सभाहलमा अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको उद्घाटन गर्दैछन्। एमालेले असोज १७ गतेसम्म विधान महाधिवेशन चल्नेछ। विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदनलगायतमा छलफल हुनेछ।

महाधिवेशनमा ६ हजारभन्दा धेरै प्रतिनिधिहरु सहभागी हुने नेता रामबहादुर थापाले जानकारी दिए। प्रतिनिधिहरुका लागि छुट्टाछुट्टै सीट प्लानिङ गरिएको व्यवस्थापन समितिका संयोजकसमेत रहेका थापाले बताए। उनका अनुसार पदाधिकारी तथा स्थायी कमिटी सदस्यहरु मञ्चमा र मुल हलमा तीन हजार प्रतिनिधि बस्नेछन्। दायाँ र बायाँको हलमा एक हजार पदाधिकारी बस्नेछन्। हलमा नअट्नेहरुका लागि बस्नको लागि टेन्टको व्यवस्था गरिएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै खान पाउनेछन्, भने साँझको खाना भने आफैँले व्यवस्थापन गर्नुपर्ने नीति बनाइएको थापाले जानकारी दिए।