× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
राजनीति

आज ४ बजे मन्त्रीहरुको सपथ तयारी, यी बन्दैछन् मन्त्री

Simrik Online

२१ आश्विन २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा आजै नयाँ मन्त्रीहरुको नियुक्ति हुनेभएको छ । दिउँसोसम्म मन्त्रीहरुको टुंगो लगाएर अपरान्ह ४ बजे सपथको तयारी भइसकेको छ। बिहिबार सत्ता गठबन्धनका चार दलका शिर्ष नेता बसेर मन्त्रालय र मन्त्रीको संख्या टुंगो लगाएका थिए। जसअनुसार नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट ४-४ मन्त्रीको टुंगो लागेको हो । दुवै दलले १-१ राज्यमन्त्री पाउने सहमति भएको छ । बाँकी मन्त्रालय नेपाली काँग्रेस आफैंले लिनेभएको छ।

माओवादीले थप ३ मन्त्री र १ राज्यमन्त्री पठाउने भएको छ। माओवादीबाट सरकारमा जानेको नाम टुंगो लागिसकेको छ। देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर जंग गहतराज मन्त्री र वोधमाया कुमारी यादव राज्यमन्त्री बन्नेछन्। नेकपा एसबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ र प्रेम आलेको नाम टुंगो लागिसकेको बुझिएको छ। बाँकी एकजनामा टुंगो लाग्न बाँकी रहेको बुझिएको छ।

अहिले नेपाली काँग्रेसबाट ३ मन्त्री र १ राज्यमन्त्री छन्। उमेश श्रेष्ठलाई अन्यत्र सारेर बाँकी मन्त्रालयमा वरिष्ठनेता रामचन्द्र पौडेल पक्षबाट २ र कृष्णप्रसाद सिटौला पक्षबाट १ मन्त्री बन्ने भएका छन्। पौडेल पक्षबाट सुजाता कोइराला, डा.मीनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी र दिलेन्द्र बडुमध्येबाट मन्त्री बन्नेछन् भने सिटौला पक्षबाट उमाकान्त चौधरी मन्त्री बन्ने टुंगो लागिसकेको छ।