× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
विशेष

यस्तो बन्यो एमालेको महाधिवेशन मूल व्यवस्थापन समिति (सूचीसहित)

Simrik Online

३ कार्तिक २०७८, बिहीबार

काठमाडौं । नेपाल कक्युनिष्ट पार्टी एमालेले १०औँ महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । आज च्यासलमा बसेको बैठकले चितवनमा हुने महाधिवेशन आयोजनाका लागि मूल व्यवस्थापन समिति गठन गरेको हो।

रामबहादुर थापा ‘बादल’ संयोजक रहेको समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशिनाथ अधिकारी, राजन भट्टराई, देबी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपील पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन् । एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक-एकजना रहनेगरी मूल व्यवस्थापन समिति गठन गरिएको हो।

यस्तै बैठकले हालै सम्पन्न विधान महाधिवेशन सफल र ऐतिहासिक भएको निष्कर्ष निकालेको छ। बैठकले बाढीपहिरो र डुबानबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतका कार्यक्रमण घोषणा गर्न सरकारसँग माग गरेको छ। यस्तै, मौसम पूर्वानुमानलाई थप व्यवस्थित बनाउन आग्रह गरेको छ।
स्थायी कमिटी बैठक भोलि २ बजे फेरि बस्ने बताइको छ।