× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

प्रधानसेनापति शर्मा र युरोपेली राजदूत डेप्रेज बीच भेटवार्ता

Simrik Online

३ कार्तिक २०७८, बिहीबार

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका महामहिम राजदूत नोना डेप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । यस किसिमको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिइएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।