× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

कृयटिभ सोसियल युथ क्लबलाई बास्तोलाको जग्गा नि:शुल्क

Simrik Online

१२ कार्तिक २०७८, शनिबार

सोलुखुम्बु । नेपाली कांग्रेसका युवा नेता दिनराज बास्तोला र कुमार बास्तोलाले आफ्नो स्वर्गीय बुवा पुष्पलाल बास्तोला र स्वर्गीय माता ठगमाया बास्तोलाको स्मरणमा सोलुखुम्बुको नेचासल्यानमा स्थापित कृयटिभ सोसियल युथ क्लबको भवन निर्माणका लागि नि:शुल्क जग्गा प्रदान गरेका छन् ।

नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण विभाग अन्तरगतको सरकारी तथा गैरसरकारी संस्थाहरुको विज्ञ समेत रहेका बास्तोलाले नेचासल्यान गाउँपालिकाको वडा नं- ३ घलेसुंघारामा रहेको भाइ कुमार बास्तोलासँगको सगोली जग्गाबाट करिब १ रोपनी जग्गा क्लवको भवन निर्माणका लागि हस्तान्तरण गरेको क्लबका अध्यक्ष शम्भु घिमिरेले बताए। अध्यक्ष घिमिरेका अनुसार दिनराज बास्तोला सो क्लबका सल्लाहकार समेत हुन्। जिल्ला मालपोत कार्यालय सोलुखुम्बुबाट रजिष्ट्रेशन गरि बाँस्तोला दाजुभाइले सो जग्गाको धनीपुर्जा शुक्रवार क्लबलाई हस्तान्तरण गरेका थिए।

राजनीति र सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय बास्तोलाले नि:शुल्क जग्गा उपलब्ध गराएर क्लबको स्थायित्वका लागि महत्वपूर्ण योगदान गरेको क्लबका अध्यक्ष घिमिरेले प्रतिक्रिया दिएका छन्।बास्तोलाले क्लबप्रति देखाएको यो सदासयता राजनीतिक तथा सामाजिक सेवामा सक्रिय ब्यक्तित्वका लागि उदाहरणीय भएको घिमिरे बताउँछन्।