× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

आज यी २१ कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

Simrik Online

५ पुष २०७८, मंगलवार

काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज मङ्गलवार सकिएको मतगणनामा २१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। आज सकिएको मत गणनाबाट प्रदेश १, वाग्मती, कर्णाली प्रदेश र मुस्लिमतर्फ तीन/तीन जना तथा मधेशीतर्फ ९ जना निर्वाचित भएका कांग्रेस निर्वाचन समितिले जनाएको छ।

प्रदेश नं. १को खुलातर्फ अमृत अर्याल र राजीव कोइराला तथा महिलातर्फ महेन्द्रकुमारी लिम्बु विजयी हुनुभएको छ।

बाग्मती प्रदेशको खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी तथा महिलातर्फ उर्मिला नेपाल केसी विजयी हुनुभएको छ।

यस्तै कर्णालीको खुलातर्फ राजेशविक्रम शाही र कर्णबहादुर बुढा तथा महिलातर्फ जानकी सिंह विजयी हुनुभएको छ।

मधेशी खुलातर्फ अजय चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, दिनेशकुमार यादव र महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ। मधेशी महिलातर्फ मक्ताकुमारी यादव, मिनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित हुनुभएको छ।

मुस्लिम खुलातर्फ अब्दुल रज्जाक र अब्दुल सतार तथा मुस्लिम महिलातर्फ जावेदा खातुन जागा विजयी हुनुभएको छ।

यसअघि पदाधिकारीसँगै खुला केन्द्रीय सदस्य र महिला केन्द्रीय सदस्यको मत गणना भइसकेको छ। अरू क्लस्टरको मतगणना भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।