Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
दैनिक छ करोडको तरकारी आयात

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

दैनिक छ करोडको तरकारी आयात

Simrik Online

९ पुष २०७८, शनिबार

काठमाडौं । नेपालमा दैनिक करिब छ करोड रुपियाँ बराबरको तरकारी भित्रिने गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्याङ्कमा यस्तो उल्लेख छ।
आ.व.२०७८/७९को साउन देखि मङ्सिरसम्ममा ८ अर्ब ५९ करोड रुपियाँ बराबरको तरकारी आयात गरेको छ।

यस अवधिमा नेपालले सबैभन्दा धेरै आलुको आयात गरेको छ भने आलु खरिदमा मात्रै नेपालबाट ५ अर्ब २७ करोड रुपियाँ बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ। यस्तै सो अवधिमा २ अर्ब ४७ करोडको प्याज, १८ करोड ६६ लाखको गोलभेँडा, ३७ करोड ४१ लाखको हरियो लसुन, ७ करोड १७ लाखको च्याउ पनि यस अवधिमा नेपाल भित्रिएको छ।

विभागका अनुसार १ करोड ४ लाखको फर्सी, ४१ लाख रुपियाँँको गाजर, ४ करोडको भेडेखुर्सानी र १६ करोड रुपियाँ बराबरका हरिया सागपात नेपाल भित्रिएको छ। यस्तै ३ करोड ३७ लाखको हरियो तरकारीका गेडागुडी पनि नेपाल भित्रिएको छ। त्यसो त चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म नेपालले ६ अर्ब ८९ करोडको तरकारी आयात गरिएको थियो।

नेपाल आयात भएको तरकारीमा सबैभन्दा ठूलो हिस्सा भारतीय उत्पादन छ। भारतबाहेक पाकिस्तान, बङ्गलादेशबाट समेत नेपालमा हरियो तरकारी र यसका गेडागुडी भित्रिएका छन्।
विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ५ अर्ब १६ करोडको आलु भारतबाट भित्रिएको छ भने बङ्गलादेशबाट पनि १० करोड मूल्य बराबरको आलु भित्रिएको छ। -गोरखापत्रबाट।