× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
राजनीति

उपसभापति गुरुङ दैनिक पार्टी कार्यालयमा भेटिने

Simrik Online

१० पुष २०७८, आईतवार

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले दैनिक रूपमा पार्टी केन्द्रीय कार्यालयमा बस्ने घोषणा गरेका छन्। गुरुङले पदभार ग्रहण गरे लगतै पुस ११ गते आइतबारदेखि दैनिक विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म आफू पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने जनाएका हुन्।

वर्तमानमा नेताहरूसँगको भेटघाट असहज बनिरहेको परिस्थितिमा सामाजिक सञ्जाल मार्फत उपसभापति गुरुङले काठमाडौं उपत्यकामा रहेको र विषेश कुनै कार्यक्रम नभएको अवस्थामा आँफू सधैं पार्टी केन्द्रीय कार्यालयमा पुग्ने बताएका हुन्। यसबाट देशभरका कार्यकर्ताहरुलाई नेताको घर धाउनुपर्ने बाध्यता हट्ने भएको छ भने पार्टी कार्यालयबाटै पार्टी सञ्चालन गर्न समेत सहयोग हुने विश्वास लिइएको छ।

उनले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा हिजो शनिबार लेखेका छन् ‘‘भ्याली बाहिर नगएको र बिशेष कार्यक्रम नपरेको अबस्थामा भोलि २०७८ पौष ११ गतेबाट सामन्यतया ११ बजेदेखि ३ बजेसम्म म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछु। भेटघाट गर्नुपर्ने काम परेमा केन्द्रीय कार्यालयमै भेटौंला है।’’