× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
जीवन शैली

सोलु सल्लेरी देखि काठमाडौं उपत्यका सम्म हिमपात

Simrik Online

१३ पुष २०७८, बुधबार

आयुषा बास्तोला, काठमाडौं । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै सोलुखुम्बुको सल्लेरी देखि काठमाडौं उपत्यका आसपासका पहाडहरुमा समेत बुधबार हिउँ परेको छ।सोलुखुम्बुको गौरीटाप पत्तालेमा हिउँ
सोलुखुम्बुका उच्च हिमाली भागमा केही दिन अगाडिदेखि हिउँ परेको भएपनि चन्द्रगिरी डाँडामा बुधबार बिहानैदेखि हिउँ परेको छ।

हिउँ खेल्न बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरुको बिहानैदेखि चन्द्रागिरी पुगेका छन्। सोलु सल्लेरीमा पनि चिसो निकै बढेको भएपनि युवायुवतीहरु चिसोको प्रवाह नगरी हिउँसँगै रमाइरहेका छन्। पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरीलगायतका डाँडामा र देशभरका हिमाली तथा उच्च पहाडी भागमा हिउँ परेको बताइएको छ।