× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

एनआरएनएको उपाध्यक्षमा आचार्यको उम्मेदवारी

Simrik Online

३ आश्विन २०८०, बिहीबार

काठमाडौं । गैर आबासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्, सन् २०२३ – २०२५ को आगामी अक्टोबरको १७ देखि २० सम्म हुने ११औं महाधिवेसनमा नारायण प्रसाद आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्,। आचार्यले यसअघि एनसीसी नेदरल्याणडसको अध्यक्ष, आइसीसी सदस्य, यूरोप क्षेत्रीय संयोजक तथा गत १०औं महाधिवेशनबाट आइसीसी उपाध्यक्ष भएर संघमा महत्त्वपूर्ण भुमिका निर्वाह गरिसकेका छन् ।

सरल र मिजासिलो स्वभाव भएका आचार्यले उम्मेदवारी घोषणा गर्दै संसारभर रहनुभएका एनआरएनहरुका मुद्दाहरुमा आबाज उठाउन आफुलाई दृढ रूपमा समर्पित गर्ने बताउँदै आफ्नो उम्मेदवारीलाई गैर आवासीय नेपाली संघसँग सम्बन्धित सम्पूर्ण अग्रज, समकालीन, महाअधिवेशन प्रतिनिधि तथा शुभचिन्तक साथीहरु सबैले अनुमोदन गर्नुहुनेछ भन्ने पूर्ण विश्वास आफूले लिएको बताएका छन् ।
आचार्यले गैरआबासीय नेपाली संघको आगामी ११औं महाधिवेसनमा आफ्नो उमेद्वारीका विषयमा चासो र चिन्ता ब्यक्त गर्ने प्रति आभार ब्यक्त गर्दै गैरआबासीय नेपाली संघ भित्र केही वर्षदेखि देखापरेको अन्तरिक खिचातानी तथा असमझदारीलाई अन्त्य गरी विदेशमा रहेका सबै एनआरएनहरुले ‘एनआरएनलाई आफ्नो साझा घर र सम्पूर्ण प्रबासी नेपालीहरुलाई आफ्नो साझा परिवार’ सम्झन सक्ने बातावरणको निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो भनेका छन्।

आचार्यले “गैरआबासीय नेपाली संघको इतिहासका विभिन्न कालखण्डहरुमा धेरै असहज परिस्थितिहरु देखा परे ! गत १०औं महाधिवेसनमा संघ झन्डै समानान्तर हैसीयत मै विभाजनको डिलमा पुगेको तीतो यर्थाथता यहाँहरुलाई सबै अवगतनै भएको कुरा हो । अग्रजहरुको अथक प्रयास, तपाई हामीहरुको तिब्र दबाब तथा नेपाल सरकारको सुझाब र दबाबका कारण संघ ठुलो दुर्घटनाबाट बच्न सफल भएको थियो तर पनि पूर्णरूपमा सबैलाई समेटेर महाधिवेसन गर्न सकिएन । अत: हाम्रा सामु देखिएका बिभिन्न चुनौतिहरुलाई सामना गर्दै सबै गैरआवासीय नेपालीहरुको साझा, सक्षम, पारदर्शी एवं सबल एनआरएनए बनाउने अभियानलाई निरन्तरता दिने पवित्र उद्देश्य र मर्मलाई आत्मसाथ गर्दै एक सबल तथा सबैलाई बिना पुर्वाग्रह नेतृत्व दिन सक्ने समिति निर्वाचित गर्ने दायित्व आफूहरू बीचमा आएको” बताएका छन् ।