काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राजश्व तिर्न लाइनमा बस्ने झन्झटको अन्य गरेको छ । बैंकले यातायात व्यवस्था कार्यालयहरुमा क्यूआरबाटै राजश्व भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको हो।
मुलुकमा ११ वटा विभिन्न शाखाबाट सो सेवा दिने जनाएको छ। बैंकका अनुसार क्यूआरबाट भुक्तानी गर्दा समयको वचत र पारदर्शी कारोवार हुनुका साथै नगदरहित कारोवारमा टेवा पुग्नेछ।
हाल यो सुविधा विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भर्याङ, सानो भर्याङ, नारायणगढ र महेन्द्रनगरको यातायात व्यवस्था कार्यालयहरुमा उपलब्ध छ।