Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता

Simrik Online

२ माघ २०८०, बुधबार

काठमाडौं । मुलुकमा लगानी गर्न सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता धेरै आउने गरेको छ । उद्योग विभागका अनुसार चालुु आर्थिक वर्षको छ महिनामा (साउन–पुुस) सम्म २२६ उद्योगमध्ये सबैभन्दा धेरै २११ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।

यस्तै १२ वटा मझौला र सबैभन्दा कम १२ ठुुला उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ । साना उद्योगमा कम लगानी गर्न सकिने हुुँदा प्रतिबद्धता धेरै आउने गरेको विभागको भनाइ छ ।

साना उद्योगमा लगानी गर्नका लागि स्थिर पुुँजी १० करोड रुपियाँसम्म हुुुनुुपर्ने छ । यस्तै मझौला उद्योगमा १० करोडदेखि २५ करोड रुपियाँसम्म स्थिर पुुँजी हुुनुुपर्ने र ठुुला उद्योगमा स्थित पुुँजी ५० करोड रुपियाँभन्दा माथि हुुुनुुपर्ने छ ।

विभागका अनुसार साउनदेखि पुुस महिनासम्म २२६ उद्योगमा २२ अर्ब ३३करोड ६५ लाख १७ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । जसमा सबैभन्दा धेरै पर्यटनमूलक उद्योग १०३, सेवामूलक उद्योग ८३, उत्पादनमूलक २३, सूचना प्रविधिमा आधारित उद्योग २३, कृषिमा आधारित ४, पूर्वाधारजन्य उद्योग ४ र खानीजन्य २ उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार पुुस महिनामा मात्र २७ उद्योगमा १ अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार सुरुदेखि हालसम्म ६ हजार ८५ उद्योगमा ४ खर्ब ७२ अर्ब ३० करोड ५४ लाख ३८ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत लगानी भित्रिने गरेको पाइएको छ । -गोरखापत्र