× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा विश्वभर समस्या

Simrik Online

२१ फाल्गुन २०८०, मंगलवार

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ‘डाउन’ भएको छ । नेपाली समयअनुसार मंगलबार बेलुकी करिब ९ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको हो ।
नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएका छन् ।
प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ ।
केही देशमा गुगल प्लेस्टोर पनि नचलेको भन्दै प्रयोगकर्ताहरूले ट्वीटरमा लेखेका छन् ।