× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
प्रवास

कोरियाको ई-७ भिसाको हल्ला निराधार : श्रम मन्त्री

Simrik Online

६ चैत्र २०८०, बुधबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियाको ई-७ भिसाका विषयमा बजारमा आएका हल्ला निराधार भएको बताएका छन् । मंगलबार पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै मन्त्री अर्यालले ई-७ भिसामार्फत म्यानपावर व्यवसायीले नेपाली श्रमिक कोरिया पठाउन सक्ने भन्ने खालको सूचनामा मन्त्रालयको आधिकारिता नभएको स्पष्ट पारे ।
कोरियाले हालसम्म ईपीएस प्रणालीमार्फत नेपाली श्रमिक लैँजादै आएको छ । तर, यसअघि नै म्यानपावर व्यवसायीले ई-७ भिसामार्फत कोरिया पठाइदिने भन्दै रकम असुल गर्न थालेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुसमा नै यस विषयमा निर्देशन दिएका थिए । प्रधानमन्त्रीले दाहालले ई-७ भिसालाई पनि ईपीएसमा आबद्ध गराउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्री दाहालको निर्देशनलाई कार्यान्वयन गर्न मन्त्रालयले एक कार्यदल नै निर्माण गरेको मन्त्री अर्यालको भनाइ छ ।
“कार्यदलले यस विषयमा अध्ययन गरीरहेको छ । कार्यदलको प्रतिवेदन पछि श्रमिकको हितमा हुने गरी निर्णय गरिनेछ,” उनले भने । तर, बजारमा हल्ला भएजस्तै गरी मन्त्रालयले यसमा कुनै पनि निर्णय नगरेको उनले बताए ।