× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्तर्राष्ट्रिय समाचार

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

Simrik Online

७ चैत्र २०८०, बिहीबार

काठमाडौं । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । उनलाई उनकै निवासबाट पक्राउ गरिएको हो । प्रवर्तन निर्देशालय (ईडी) ले दिल्ली मदिरा नीति घटनामा बिहीबार राति स्थानीय समयअनुसार राति ९ बजे केजरीवाल पक्राउ परेका हुन् ।
उनलाई बेलुकी ७ बजे उनकै घरमा निरन्तर पुछताछ गरेपछि जाँच एजेन्सीले २ घण्टापछि कारबाही गर्दै पक्राउ गरेको हो । यता केजरीवालको कानूनी समूहले सर्वोच्च अदालतमा अपील गरेको छ ।
उनलाई बिहीबार दिउँसो २ः३० बजे गिरफ्तारीबाट राहत दिन दिल्ली उच्च अदालतले अस्वीकार गरेको थियो । त्यसपछि ईडीलाई नियन्त्रणमा लिन सजिलो भएको हो ।