× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

गृह मन्त्रालयले गर्यो १६ जिल्लाका सीडीओको सरुवा, को कहाँ ?

Simrik Online

१५ जेष्ठ २०८१, बुधबार

काठमाडौं । गृह मन्त्रालयले १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गरेको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् ।
धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेमा सूर्य प्रसाद सेढाईं, बर्दियामा रुद्रादेवी शर्मा, इलाममा कल्पना श्रेष्ठ, चितवनमा ईन्द्रदेव यादव र सिन्धुपाल्चोकमा भुपेन्द्र थापालाई सरुवा गरिएको छ ।
भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायण प्रसाद सापकोटा र सर्लाहीमा गोपाल कुमार अधिकारीलाई पठाइएको छ । भरतमणि पाण्डेलाई कास्की र मेख बहादुर मग्रातीलाई सप्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअमा पदस्थापन गरिएको छ । मकवानपुरमा तिर्थराज चिलुवाल, अरुण पोखरेललाई नवलपरासी पूर्व र विष्णुप्रसाद कोइरालालाई पाँचथरको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठलाई पठाएको गृहले जनाएको छ ।