× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अर्थ/बजार

नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु

Simrik Online

३ असार २०८१, सोमबार

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाई भेन्युको व्यावसायिक उत्पादन गरी बिक्री सुरु गरेको छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलोपटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन गरेको छ । यसको बनावट, गुणस्तर, पर्फमेन्सलगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरू सरहकै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युतको खपत, कुल गृहस्थ उत्पादनमा योगदानका साथसाथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रथम चरणमा हुन्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र नै थप अरू भेरिएन्टहरूको उत्पादन पनि बढाउँदै जाने योजना रहेको छ । साथै, यसै आर्थिक वर्षभित्र हुन्डाई ग्रान्ड आई १० निओस र अल न्यू हुन्डाई क्रेटाको उत्पादन पनि सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल हाल बिक्री वितरण सुरु गरेको हुन्डाई भेन्युको मूल्य भेन्यु एफएल एक दशमलव दुई यसको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ र भेन्यु एफएल एक दशमलव दुई एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकेको छ ।