Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
वित्तीय समानीकरण अनुदान कटौती नगर्न उपत्यका मेयर्स फोरमको प्रधानमन्त्रीलाई ध्यानर्कषण

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

वित्तीय समानीकरण अनुदान कटौती नगर्न उपत्यका मेयर्स फोरमको प्रधानमन्त्रीलाई ध्यानर्कषण

Simrik Online

८ असार २०८१, शनिबार

काठमाडौं । उपत्यका मेयर्स फोरमले वित्तीय समानीकरण अनुदान कटौती नगर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानर्कषण गराएको छ । टोलीले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेट गर्दै समानीकरण अनुदान नकाट्ने माग गरेको हो ।
फोरमका अध्यक्ष चिरीबाबु महर्जनको नेतृत्वमा गएको प्रमुख तथा उपप्रमुखहरूको टोलीले स्थानीय तहको अधिकारमा संघले हस्तक्षेप गर्न नहुने, स्मार्ट सिटीको विषयलाई तत्काल निश्कर्षमा पुर्याउनु पर्ने, फोहोर व्यवस्थापनमा संघीय सरकारले समन्वय गर्नुपर्ने लगायत विषयमा ध्यानर्कषण गराएको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले वित्तीय समानीकरण अनुदान कटौती नहुने र स्थानीय तहको अधिकारमा संघले हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउँदै फोरमले राखेका विषयलाई गम्भिर रुपमा लिदैं सम्बोधन गरिने बताउनुभयो ।

टोलीमा उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जन सहित सचिव घनश्याम गिरी, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोललगायत मेयर तथा उपमेयरहरु सहभागि हुनुहुन्थ्यो ।