× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अदालत

अन्तःशुल्क स्टिकर खरिदमा साढे ३८ करोड भ्रष्टाचार, मुख्यसचिव अर्यालसहित ११ विरुद्ध मुद्दा दायर

Simrik Online

९ असार २०८१, आईतवार

बहालवाला मुख्यसचिवविरुद्ध मुद्दा दायर भएको इतिहासकै यो पहिलो घटना

काठमाडौं । मदिरामा प्रयोग हुने अन्तःशुल्क स्टिकर खरिद प्रकियामा ३८ करोड ६७ लाख रुपैयाँ घोटाला भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
भ्रष्टाचारको आरोपमा अख्तियारले मुख्यसचिव डा.बैकुण्ठ अर्यालसहित १२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । बहालवाला मुख्यसचिवविरुद्ध मुद्दा दायर भएको इतिहासकै यो पहिलो घटना हो ।
अख्तियारले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक तथा हाल अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्य, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक तथा हाल भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी प्रमुख विकल पौडेललगायत विरुद्ध पनि मुद्दा दायर भएको छ ।