Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
देशैभर फैलियो मनसुन, कहाँ-कहाँ छ ठूलो वर्षाको सम्भावना ?

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

देशैभर फैलियो मनसुन, कहाँ-कहाँ छ ठूलो वर्षाको सम्भावना ?

Simrik Online

१० असार २०८१, सोमबार

देशैभर फैलियो मनसुन, कहाँ-कहाँ छ ठूलो वर्षाको सम्भावना ?

काठमाडौं । मनसुन भित्रिएको १५ दिनमा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु कमजोर बनेपछि मनसुन देशभर फैलिएको हो । अहिले मुलुकका कैयौँ ठाउँमा वर्षा भइरहेको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन देशभर फैलिए पनि झरी परिहाल्ने सम्भावना भने छैन ।
‘मनसुनी वायुले देशभर कभर गरेको छ, तर झरी परिहाल्ने गरी जलवाष्पयुक्त हावा छैन,’ मौसमविद् कँडेलले नयाँ पत्रिकासँग भनिन्, ‘अहिले मनसुन पूर्ण सक्रिय भइसकेको छैन, सुरुवाती चरणमा छ ।’
तर, अब वर्षाका गतिविधि भने क्रमशः बढ्दै जाने उनले बताइन् । महाशाखाका अनुसार सोमबार राति कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा ठूलो वर्षाको पनि आकलन गरिएको छ ।
मंगलबार कोशी, मधेश, बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा ठूलो वर्षा हुन सक्ने देखिएको छ ।
यस वर्षको मनसुन प्रणाली औसत मितिभन्दा तीन दिनअघि २८ जेठमा भित्रिएको थियो । तर, कोशीको पूर्वी भूभागबाट गण्डकी र लुम्बिनीको पूर्वी भू–भाग पुग्न ११ दिन लागेको थियो । १५ दिनमा सोमबार लुम्बिनीको पश्चिमी क्षेत्र, कर्णाली र सुदूरपश्चिममा मनसुन पुगेको थियो । गत वर्ष मनसुन भित्रिएको २२ दिनमा देशभर फैलिएको थियो ।