× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा आयो

Simrik Online

१२ आश्विन २०८१, आईतवार

काठमाडौं । वीपी राजमार्ग अन्तर्गत नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाएर आइतबार दिउँसो साढे १ बजेबाट राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले बताए ।
उनका अनुसार खुर्कोट मुलकोट शनिबार राति नै पहिरो पन्छाएर सञ्चालन ल्याइएको थियो । आइतबार नेपालथोक मुलकोट सडक खण्ड पनि खुलाइएको उनले बताए ।
अहिले अल्पकालिन रुपमा सडक सञ्चालन ल्याइएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभागका डोजरहरुको प्रयोग गरेर सडक सञ्चालनमा ल्याइएको उनले बताए ।
सडक सञ्चालनमा आएसँगै नेपालथोकबाट सिन्धुलीतर्फ आएर गाडीहरु आ–आफ्नो गन्तव्यमा जान सुरु गरेका छन् । वर्षा रोकिए पनि आइतबार मात्रै सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा सडक भाँसिएको छ । उक्त ठाउँमा सानो डाइभर्स बनाएर सडक सञ्चालन गरिएको उनले बताए ।