× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता

Simrik Online

२० आश्विन २०८१, सोमबार

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय, नेपाली कांग्रेस, एमाले, माओवादी, राप्रपा, स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ दल दर्ता भएका छन् ।
संविधान बमोजिम ती दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् । निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेको थियो ।
जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
संसदको चौथो ठुलो दल रास्वपा पहिलोपटक स्थानीय निर्वाचनमा सहभागी हुन लागेको हो ।