काठमाडौं । सरकारले भूमि समस्या समाधानका लागि नयाँ आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गरी अध्यक्षमा हरिप्रसाद रिजाललाई नियुक्त गरेको छ । प्युठान घर भएका रिजाल एमाले नेता हुन्।
त्यस्तै, बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण स्वीकृत गरेको छ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन २५ कात्तिकमा राष्ट्रपति नेतृत्वको टोली अजरबैजान जान लागेको हो ।