× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदुत; मुख्यसचिवमा बैरागी

Simrik Online

१४ आश्विन २०७७, बिहीबार

काठमाडौं । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिएका छन्।

आउने कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि रिक्त भएको मुख्यसचिव पदमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ।

आजकै बैठकले पूर्वमन्त्री तथा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरेको बताइएको छ।